Connect with us
Kapilvast Forest

जनमतको समानुपातिक सूचीमा १७ जना मण्डल

२०८२, १८ पुष शुक्रबारमा प्रकाशित

काठमाडौं । जनमत पार्टीको समानुपातिक सूचीमा सबैभन्दा बढी मण्डल थरका व्यक्तिहरू परेका छन् । त्यसपछि साह र सिंहहरू छन् ।१६ जना मण्डल छन् भने १० जना साह र ७ जना सिंह थरका व्यक्तिहरू समानुपातिक सूचीमा समेटिएका हुन् ।आदिवासी जनजाति समूह महिलातर्फ अंजली देवी मण्डल, रेखा कुमारी मण्डल, रेखा देवी मण्डल, लक्ष्मी कुमारी मण्डल, प्रेमशीला देवी मण्डल, आशा देवी मण्डल रहेका छन् ।

आदिवासी जनजाति समूह पुरुषतर्फ कृष्णचन्द्र मण्डल, सुवोध कुमार मण्डल, धिरज कुमार मण्डल, बलराम मण्डल, नथुनी मण्डल, रावाबाबु मण्डल, रविन कुमार मण्डल, महेश मण्डल रहेका छन् । दलित महिलातर्फ अनिता कुमारी मण्डल, दलित पुरुषतर्फ रमेन कुमार मण्डल, राजाराम मण्डल रहेका छन् ।

हेर्नुहोस् नामावली–

१. अंजली देवी मण्डल

२. रेखा कुमारी मण्डल

३. रेखा देवी मण्डल

४. लक्ष्मी कुमारी मण्डल

५. प्रेमशीला देवी मण्डल

६. आशा देवी मण्डल

७. कृष्णचन्द्र मण्डल

८. सुवोध कुमार मण्डल

९. धिरज कुमार मण्डल

१०. बलराम मण्डल

११. नथुनी मण्डल

१२. रावाबाबु मण्डल

१३. रविन कुमार मण्डल

१४. महेश मण्डल

१५. अनिता कुमारी मण्डल

१६. रमेन कुमार मण्डल

१७. राजाराम मण्डल

थारु समुदायबाट समानुपातिक सूचीमा ११ जना रहेका छन् । हेर्नुहोस् नामावली–

१. कोशिला थारु

२. दिलमाया कुमारी चौधरी

३. सत्यदेव चौधरी

४. श्रवण कुमार चौधरी

५. बाल गोबिन्द चौधरी

६. बुद्धिराम माझी

७. पंच नारायण चौधरी

८. सरस्वती थारु

९. शिला कुमारी चौधरी

१०. निर्मला कुमारी चौधरी

११. जोगमाया थारु

जनमत पार्टीले यही पुस १४ गते समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको हो । यो पार्टीले ११० जनाकै नाम बुझाएको छ ।२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फको निर्वाचन प्रणालीबाट छानिन्छन् भने १६५ जना प्रत्यक्ष चुनिएर आउँछन् । समानुपातिक तर्फको मनोनयन पुस १३ र १४ गते थियो । निर्वाचन आयोगले आयोगमा पेस भएका दलहरूका समानुपातिक सूचीउपर छानबिन गरिरहेको छ ।

यही पुस २० गतेसम्म आयोगले कानुन बमोजिमको कलस्टर अनुसार दलहरूको बन्दसूचीमा नाम रहे/नरहेको अध्ययन गर्नेछ । अध्ययन पश्चात २० गते नै हामी दलहरूलाई के के मिलेको छैन भनेर पत्राचार गर्ने तालिका छ ।आयोगले कलस्टर मिलाउनुपर्ने भएका सम्बन्धित दलहरूलाई पत्राचार गरेपछि सम्बन्धित दलहरूले यही पुस २७ गतेसम्म संशोधन गर्न समय पाउनेछन् ।

उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउनेछन् । कसैले फिर्ता लिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिइनेछ ।उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनित उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्ने समय पुस ३० गतेका लागि तोकिएको छ ।

त्यसपछि प्राप्त उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन गर्ने कायोगको कार्यतालिका छ ।आयोगको कार्यतालिका अनुसार आगामी माघ ४ गते उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन भएपछि उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिन सकिनेछ । यसका लागि माघ ५ गतेदेखि माघ १० गतेसम्मको समय तय गरिएको छ ।

प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता भने आगामी माघ ६ गते हुनेछ ।माघ ११ गतेदेखि १७ गतेसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दावी विरोधको निवेदन उपर जाँचबुझ गरेर आयोगले निर्णय गर्नेछ ।आयोगको तालिका अनुसार आगामी माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुनेछ । फागुन २१ गते मतदान हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu