Connect with us
Kapilvast Forest

भोजपुरमा बगानबाटै बिक्छ सुन्तला

२०८२, १८ पुष शुक्रबारमा प्रकाशित

काठमाडौँ –

आम्दानीको राम्रो स्रोत बन्दै गएपछि भोजपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित छन्। अहिले उनीहरूलाई सुन्तला टिप्ने र बिक्री गर्ने चटारो छ। जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरी षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको खावा, केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगने, भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला उत्पादन बढी हुन्छ।

व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसान बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन्। सडक पहुँचको कारण गाउँघरमा उत्पादित सुन्तला खाँदबारी संखुवासभा, धरान, इटहरी, विर्तामोड, विराटनगर लगायतका मुख्य शहर, बजारमा जाने गरेको छ ।
विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भरपर्नु परेकोमा अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले  जानकारी दिए।  उनले पनि आफ्नो बगैँचामा सुन्तला उत्पादन गर्दै आएका छन्। ‘अहिले सुन्तलाको मुख्य सिजन हो, मैले पनि सुन्तलाको व्यवसायिक उत्पादन गर्दै आएको छु उनले भने, मैले प्रत्येक वर्ष  चारदेखि पाँच लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्दै आएको छु’, नगरप्रमुख उदासले भने।

मानचधत्रभनजचतवगथप-1767329282.jpg

माचधभनभचनजतचज-1767329278.jpg
माधभचानभचनचभ-1767329279.jpg

११११११११११११११११११११११११११११११-1767329787.jpg

२२२२२२२२२२२२२२२२२२२२२२२२२२२२२२२२२२-1767329787.jpg

माधचभनाभचन-1767329278.jpg

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu