आज रास्वपाको राजनीतिक समायोजन सभा हुँदै
काठमाडौँ-
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ ।नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहटरथारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको हो ।घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी ९नाउपा० रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन् । उनीहरु आज रास्वपामा समाजोजन हुनेछन् । रञ्जिता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि असन्तुष्ट नेता(कार्यकर्ताले रास्वपा रोजेका हुन् ।