Connect with us
Kapilvast Forest

निर्वाचन प्रहरीको भर्ना खुल्यो, एक लाख ३३ हजार ९८० जना माग

२०८२, २४ पुष बिहीबारमा प्रकाशित

काठमाडौं –

सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो ।प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको छ ।भर्नाका लागि यही पुस २५ गते शुक्रबारदेखि माघ १ गतेसम्म दर्खास्त दिन सकिनेछ । बिदाको दिन पनि दर्खास्त लिइने सूचनामा उल्लेख छ ।जिल्ला प्रहरी परिसरहरू (काठमाडौं, भक्तपुर र ललितपुर ) र सबै जिल्ला प्रहरी कार्यालयबाट दर्खास्त दिन सकिन्छ ।

निर्वाचन प्रहरी छनोटमा पूर्वसुरक्षाकर्मी एवं पूर्ववन रक्षक, पछिल्लोपटक विभिन्न सुरक्षा निकायको भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।यसका साथै, यसअघिका निर्वाचनमा म्यादी प्रहरीका रुपमा भर्ना भई सन्तोषजनक रुपमा काम गरेका व्यक्ति र विदेशी राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकले पनि प्राथमिकता पाउनेछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu