Connect with us
Kapilvast Forest

पार्टी विभाजन हुने भय र भ्रम नराख्न विश्वप्रकाशको आग्रह

२०८२, २५ पुष शुक्रबारमा प्रकाशित

काठमाडौं –

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी विभाजन हुने भय र भ्रम नराख्न आग्रह गरेका छन् ।राजनीतिक वृत्तमा कांग्रेसको भविश्यबारे अनेक टिप्पणी भइरहँदा उनले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने दोहोर्‍याएका हुन् ।‘फुट्ने भय र भ्रम नराख्न फेरि पनि सबैलाई नम्र आग्रह,’ महामन्त्री शर्माले शुक्रबार बिहान सोसल मिडिया प्लेटकर्फ एक्समार्फत् भनेका छन्, ‘दोस्रो विशेष महाधिवेशन बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि ।’

उनले अर्का महामन्त्री गगन थापाले दिएको ‘विष पिउने’ अभिव्यक्ति र आफ्नो ‘हलबाट बाहिरिने’ अभिव्यक्तिबारे थप प्रष्टीकरण दिएका छन् ।‘पार्टी एकता जोगाउन विष पिउन तयार । विभाजन हुनलागे हलबाट बाहिरिने,’ शर्माले लेखेको छन्, ‘हामीले यो भन्नूको अर्थ– हो विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजन हुन्न ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu