Connect with us
Kapilvast Forest

चोरी गर्न गएका व्यक्ति जब भित्तामै अड्किए, प्रहरी बोलाएर गर्नुपर्‍यो उद्धार

२०८२, २५ पुष शुक्रबारमा प्रकाशित

भारतको राजस्थानमा अरुको घरमा चोरी गर्न पुगेका एक युवक भान्साको भित्तामा अड्किएपछि प्रहरी बोलाएर उद्धार गर्नुपरेको छ। घटना पाँच दिनअघिको हो।
इण्डिया टुडेकाअनुसार घरका मालिक सुभाषकुमार रावत र उनकी श्रीमती जनवरी ३ मा खाटुश्यामजीको भ्रमणमा गएका थिए। गत आइतबार घर फर्किँदा भान्साको धुवाँ बाहिर पठाउन बनाइएको पङ्खाको साँघुरो प्वालमा एक अपरिचित व्यक्ति अड्किएको देखे। ती व्यक्तिको आधा शरीर भान्सामा थियो भने बाँकी भाग भित्ताको अर्कोपट्टि थियो। उक्त प्वाल भान्साको धुवाँ बाहिर निकास गर्ने पङ्खा राख्न बनाइएको थियो।

रावतले तत्कालत्यहाँको अवस्था देखिने गरी भिडिओ खिचे र प्रहरीलाई खबर गरे। पछि प्रहरीले चोरलाई त्यहाँबाट निकाल्यो र हिरासतमा लियो।त्यो भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ।भिडियोमा त्यो व्यक्ति भान्साको निकास पङ्खाको भित्र अड्किएको देखिन्छ। ऊ असहाय अवस्थामा झुण्डिएको र चल्न असमर्थ देखिन्छ। प्रहरी कर्मचारीहरूले साँघुरो खोलबाट सावधानीपूर्वक उसलाई उद्धार गर्छन्। निरन्तर प्रयासपछि उसलाई निकास पङ्खाबाट बाहिर निकालेको देखिन्छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu