Connect with us
Kapilvast Forest

रास्वपा प्रवेश गर्दै सुदन, बालेनसँगै घण्टीघर जाँदै

२०८२, ५ माघ आईतवारमा प्रकाशित

काठमाडौं –

जेनजी अगुवा सुदन गुरुङ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् ।उनले आफू केहीबेरपछि रास्वपा कार्यालय पुगेर रास्वपा प्रवेश गर्न लागेको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन् ।उनले काठमाडौंका मेयर बालेन शाहसँगै रास्वपा कार्यालय पुग्न लागेको बताए ।

‘यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो,’ गुरुङले भनेका छन् ।मेयर शाह पुग्ने भएपछि रास्वपा कार्यालयमा शुभचिन्तकहरूको भिड छ । दिउँसो १ बजे नै पुग्ने भनिए पनि बालेन अहिलेसम्म पुगेका छैनन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj