Connect with us
Kapilvast Forest

उम्मेदवारी दर्ताको समय केही दिन सर्नसक्ने आयोगको संकेत

२०८२, ५ माघ आईतवारमा प्रकाशित

election

काठमाडौं –

प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप परेपछि निर्वचन आयोगले केही दिन मनोनयनको समय सार्ने संकेत गरेको छ ।दलहरूका तर्फबाट केही दिन मनोनयन सार्नका लागि औपचारिक र अनौपचारिक माग निर्वाचन आयोगमा पुगिरहेको छ । त्यसैले आयोगले केही दिन समय सार्ने संकेत गरेको हो ।विभिन्न दलबाट मिति सार्ने दबाब आएको आयोगका एक आयुक्तले जानकारी दिए । प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता मितिबारे ती आयुक्तले आइतबार  भने, ‘चौतर्फी दबाब आएको छ, सर्वदलीय सहमति भयो भने एकरदुई दिन मिति सर्न सक्छ ।’

२१ फागुनको चुनावको मिति प्रभावित नहुनेगरी मनोनयनको मिति सार्न लागिएको हो । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिने आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत गएको छ । देउवा पक्षले आयोगमै पुगेर मनोनयनको मिति सार्न आग्रह गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu