Connect with us
Kapilvast Forest

स्पेनमा रेल दुर्घटना हुँदा कम्तिमा २१ जनाको मृत्यु

२०८२, ६ माघ सोमबारमा प्रकाशित

काठमाडौं –

दक्षिणी स्पेनमा रेल दुर्घटना हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । ३० भन्दा बढी यात्रुहरुको अवस्था गम्भीर छ ।मालागाबाट म्याड्रिडतर्फ गइरहेको उच्चगतिको एक रेल कोर्डोबा सहर नजिकै पर्ने आदामुज नगर नजिकै दुर्घटनाग्रस्त भएको थियो । सो रेल लिक छाडेर अर्को ट्रयाकमा पुगेपछि विपरीत दिशाबाट म्याड्रिडबाट हुएल्भातर्फ आइरहेको अर्को रेलसँग ठोक्किएको थियो ।दुर्घटनामा कम्तीमा ७३ जना घाइते भएको र ३० जनाको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको स्पेनका यातायात मन्त्री ओस्कार पुयन्तेले बताएका छन् ।

मन्त्री पुयन्तेले यो दुर्घटना ‘अत्यन्तै अचम्मलाग्दो’ भएको बताएका छन् । किनभने रेल सीधा ट्रयाकमा दुर्घटनाग्रस्त भएको थियो, जुन ट्रयाक गत वर्ष मे महिनामा मात्रै मर्मतसम्भार गरिएको थियो । मालागाबाट स्थानीय समयअनुसार १८:४० बजे प्रस्थान गरेको रेल करिब १० मिनेटमै दुर्घटना भएको थियो ।मालागाबाट सञ्चालन गरिएको रेल यात्राको जिम्मा लिएको निजी रेल कम्पनी इर्योले पहिलो पटक लिक छाडेको रेलमा करिब ३०० यात्रु रहेको जनाएको छ । अर्कोतर्फ, रेन्फे कम्पनीले सञ्चालन गरेको म्याड्रिड–हुएल्भा रेलमा करिब १०० यात्रु थिए ।

रेल दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । अनुसन्धानको निष्कर्ष आउन कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको छ ।यसैबीच स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै देशले ‘गहिरो पीडाको रात’ भोग्नुपरेको बताएका छन् ।स्पेनका राजा फेलिपे छैठौँ र रानी लेतिजियाले पनि दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रों र युरोपेली आयोगकी प्रमुख उर्सुला फोन डर लेयेनले पनि शोक सन्देश दिएका छन् ।सन् २०१३ मा स्पेनको उत्तर–पश्चिमी क्षेत्र गालिसियामा भएको उच्चगतिको रेल दुर्घटना देशकै सबैभन्दा भयावह दुर्घटना थियो, जसमा ८० जनाको मृत्यु भएको थियो भने १४० जना घाइते भएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu