आज झापा- ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्दै ओली
काठमाडौँ –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार झापा निर्वाचन क्षेत्र नं. ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्दै छन्।
गौरादह नगरपालिका ५ स्कूलचौनको नमुना कृषि खेतीको सभाहलमा कार्यकर्तासँग भेटघाटको कार्यक्रम तय गरिएको छ।
उनले गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्जका ६ वटा वडाका वडा कमिटीसँग अलग अलग भेटघाट गर्ने कार्यक्रम छ। त्यहाँको विकासको अवस्था र पार्टी कामबारे कार्यकर्ताले उनीहरूलाई जानकारी गराउने छन् ।
अध्यक्ष ओलीले पनि कार्यकर्ताको गुनासो सुन्नुका साथै पार्टीको नीति, देशको आवश्यकता र झापा ५ का लागि आफूले गरेका कामबारे जानकारी गराउनेछन् । अध्यक्ष ओलीले मंगलबार र बुधबार दमक नगरपालिका र कमल गाउँपालिकाका वडा कमिटीसँग अलग अलग छलफल गरेका थिए।