Connect with us
Kapilvast Forest

आज राति पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना

२०८२, १० माघ शुक्रबारमा प्रकाशित

पश्चिम नेपालमा शुक्रबार वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण शुक्रबार अपराह्नबाट सुदूरपश्चिम क्षेत्रबाट बादल लाग्न सुरु हुनेछ ।‘शुक्रबार अपराह्नपछि सुदूरपश्चिमका थोरै ठाउँमा हल्का पानी पर्ने देखिन्छ,’ मौसमविद् डेभिट ढकालले भने, ‘राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा केही ठाउँमा पानी पर्ने सम्भावना छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यम हिमपात पनि हुनेछ ।’

यसबाहेक अन्य प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि थोरै हिमपातको आकलन गरिएको छ । तर, समग्रमा यो प्रणालीले पश्चिम नेपालमा असर गर्ने देखिन्छ । शुक्रबार राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा गण्डकीका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले बुलेटिनमा भनेको छ ।

त्यस्तै, राति नै गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बागमती प्रदेशको एक–दुई स्थानमा मध्यम हिमपा/वर्षा र कोशीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ । शनिबार उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा थोरै स्थानहरूमा हल्का हिमपात÷वर्षाको सम्भावना छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj