Connect with us
Kapilvast Forest

गोरखा २ मा बाबुरामले गरे तालमेलको प्रस्ताव, लेखनाथले गरे अस्वीकार

२०८२, १० माघ शुक्रबारमा प्रकाशित

काठमाडौं –

पूर्वप्रधानमन्त्री एवम् गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार डा। बाबुराम भट्टराईले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेसँग तालमेलको प्रस्ताव गरेका छन् । तर न्यौपानेले भने आफू ‘धेरै अगाडि बढिसकेको’ भन्दै प्रस्ताव अस्वीकार गरेका छन् ।गोरखा २ मा २०७४ सालमा भट्टराई गोरखा २ बाट निर्वाचित भएका थिए । २०७९ सालमा उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाडिदिए । अहिलेको निर्वाचनमा भने प्रचण्ड रुकुम पूर्वबाट उम्मेदवार बने र सो क्षेत्र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेलाई जिम्मा लगाए ।

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बाबुराम र उनका कार्यकर्ता लेखनाथ अहिले सँगै प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेका छन् । उनीहरुका अलावा गोरखा २ मा कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका चक्रे मिलन र रास्वपाबाट कविन्द्र बुर्लाकोटी उम्मेदवार छन् ।

काठमाडौं आएर प्रचण्डलाई भेटे बाबुरामले

निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न भरमग्दुर प्रयास गरिरहेका डा। भट्टराईले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट समेत गरेका छन् । शुक्रबार बिहान भएको भेटमा बाबुरामले आफूलाई सघाउन प्रचण्डलाई अनुरोध गरेको स्रोत बताउँछ ।

‘लेखनाथको उम्मेदवारी फिर्ता गराएर मलाई सघाउनुपर्‍यो भन्ने बाबुरामजीको कुरा थियो,’ स्रोतले भन्यो । प्रचण्डले बाबुरामसँग के भने भन्ने सार्वजनिक भएको छैन ।तर निर्वाचन क्षेत्रमा चुनाव प्रचारमै व्यस्त नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथले भने आफू पछि नहट्ने बताएका छन् । ‘चिज धेरै अगाडि बढिसक्यो, अब म पछि फर्किने कुरै हुँदैन ।’

‘अहिलेसम्म अवसर नपाएको उम्मेदवार भनेर साथीहरु मसँग केन्द्रित हुँदै जानु भएको छ, यो अवस्थामा ब्याक हुनु भनेको पार्टीलाई नै हानि हुने हो,’ न्यौपानेले भने, ‘त्यसैले म पछि हट्दिनँ ।’मनोनयन दर्ताअघि नै छलफल भएको थियो बाबुराम र लेखनाथबीच

माघ ६ गते मनोनय दर्ता गराएका उम्मेदवारहरुले आज उम्मेदवारी फिर्ता लिने दिन हो । उम्मेदवारी फिर्ताको काम सकिएपछि आजै उम्मेदवारहरुलाई चुनाव चिह्न वितरण गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।न्यौपानेका अनुसार मनोनयन दर्ता गर्नुअघि नै बाबुरामसँग उनको छलफल भएको थियो । उनले आफूले अहिलेसम्म अवसर नपाएको भन्दै बाबुराको साथ खोजेका थिए । त्यसक्रममा बाबुरामले ‘अघि बढ्नुस्’ भनेपछि आफूले मनोनयन दर्ता गराएको लेखनाथ बताउँछन् ।

उनले भने, ‘मैले मनोनयन दर्ता भन्दा अघि नै बाबुराम दाइसँग छलफल गरेको थिएँ । म तपाईंकै कार्यकर्ता हुँ, तपाईंका एजेण्डासहित काम गर्न तयार छु, मलाई सघाउनुस् भनेको थिएँ, उहाँले अघि बढ्नुस् भनेपछि मनोनयन दर्ता गराइयो । अब फिर्ता हुने कुरा हुँदैन ।’

प्रलोपा नेता एवम् बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले बाबुरामलाई सर्वसम्मत उम्मेदवार बनाउन सबै उम्मेदवार र पक्षसँग छलफल भइरहेको बताइन् । उनले भनिन्, ‘उहाँजस्तो राष्ट्रिय व्यक्तित्व भएको उम्मेदवारलाई सर्वसम्मत बनाउनुपर्छ भनेर सबै पक्षसँग छलफल भइरहेको छ तर देखिने गरी प्रगति केही भएको छैन ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu