Connect with us
Kapilvast Forest

श्रीलंका ‘ए’ सँग तेस्रो अभ्यास खेल खेल्दै नेपाल

२०८२, ११ माघ शनिबारमा प्रकाशित

काठमाडौं ।आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी-२० खेल खेल्दै छ ।

खेल कोल्ट्स मैदानमा दिउँसो हुनेछ । नेपाल यसअघिका दुवै अभ्यास खेलमा पराजित भएको छ । अन्तिम खेलमा नेपाल जितको खोजीमा हुनेछ ।पहिलो अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो भने दोस्रो अभ्यास खेलमा ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

श्रीलंका ‘ए’ मा सिनियर टोलीबाट खेलिसकेका खेलाडीहरू पनि छन् । निरोशन डिक्‍वेला, लाहिरु उडारा, सहान अराकिगे, नुवानिदु फर्नान्डो, नुवान थुसाराजस्ता खेलाडीहरू खेलिरहेका छन् ।आजको अभ्यास खेलपछि नेपाली टोली भारत जानेछ ।

भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल हुने तालिका छ ।टी(२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu