Connect with us
Kapilvast Forest

जनतासँग संवाद गर्दै क्षेत्र नम्बर २ का उम्मेदवार आचार्य

२०८२, १२ माघ आईतवारमा प्रकाशित

कपिलवस्तु

नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्रराज आचार्यले कपिलवस्तु नगरपालिका वडा नम्बर ६ का विभिन्न स्थानमा पुगेर स्थानीय जनतासँग भेटघाट तथा संवाद गर्नुभएको छ।
चुनावी प्रचारप्रसारका क्रममा उहाँले टोलटोलमा पुगेर स्थानीयका समस्या, आवश्यकता र विकासका अपेक्षाबारे जानकारी लिनुका साथै ती विषयलाई संसदमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उम्मेदवार आचार्यले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा रोजगारीलाई प्रमुख प्राथमिकतामा राख्दै समावेशी र दिगो विकासका लागि निरन्तर पहल गर्ने बताउनुभयो। उहाँले जनताको विश्वास र समर्थनले मात्र क्षेत्रको समग्र विकास सम्भव हुने उल्लेख गर्नुभयो।
स्थानीयवासीहरूले दीर्घकालीन विकास योजना, गुणस्तरीय सेवा र युवालाई रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए।
भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu