Connect with us
Kapilvast Forest

क्यानडालाई शतप्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी

२०८२, १२ माघ आईतवारमा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने सामानमा शतप्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्। क्यानडाले हालै चीनसँग गरेको कृषि तथा विद्युतीय सवारी साधनसम्बन्धी व्यापार सम्झौताको प्रतिक्रियास्वरुप ट्रम्पले यस्तो कडा कदम चाल्ने धम्की दिएका हुन्।
यो घोषणाले उत्तर अमेरिकी व्यापारिक सम्बन्धमा ठूलो तनाव पैदा गरेको छ । यसैबीच, अमेरिकाको मिनियापोलिसमा संघीय एजेन्टहरूको गोली लागेर एकजनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार अध्यागमन अपरेसनका क्रममा ३७ वर्षीय नर्स एलेक्स जेफ्री प्रेटीको गोली लागि मृत्यु भएको हो।

सरकारी एजेन्टहरूले प्रेटीले हतियार देखाएको दाबी गरे पनि मिनियापोलिस प्रहरी र गभर्नर टिम वाल्जले उक्त दाबीलाई अस्वीकार गरेका छन्। प्रत्यक्षदर्शीको भिडियोमा प्रेटीले केवल मोबाइल फोन समातेको देखिएपछि स्थानीय र संघीय सरकारबीच विवाद चर्किएको छ । घटनाको विरोधमा मिनियापोलिसमा व्यापक प्रदर्शन शुरु भएको छ । सुरक्षाका लागि नेशनल गार्ड परिचालन गरिएको छ । गभर्नर वाल्जले संघीय एजेन्टहरूलाई राज्य छोड्न निर्देशन दिएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu