Connect with us
Kapilvast Forest

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

२०८२, १४ माघ मंगलवारमा प्रकाशित

वीरगञ्ज-

वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ९० अर्ब ६ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हुँदै गत आवको छ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा दुई अर्ब ७५ करोड बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो। चालु आवको छ महिनामा पेट्रोलियम पदार्थको आयातबाट भने ३७ अर्ब ८५ करोड राजस्व संकलन भएको छ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलिम पदार्थको आयात र यसबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ ।गत आवको छ महिनामा भने रु ८७ अर्ब ३१ करोड मूल्यको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड राजस्व संकलन भएको थियो ।

भन्सार कार्यालयका अनुसार चालु आवको छ महिनामा ४५ अर्ब ३८ करोड मूल्य पर्ने डिजेल आयात हुँदा रु १९ अर्ब ८५ करोड राजस्व संकलन भएको छ । त्यसैगरी सोही अवधिमा २० अर्ब ९८ करोड मूल्यको पेट्रोल आयात हुँदा १३ अर्ब ८२ करोड राजस्व संकलन भएको छ । त्यस्तै १४ अर्ब ७९ करोडको एलपीजी ग्यास आयात हुँदा दुई अर्ब ७७ करोड राजस्व संकलन भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu