Connect with us
Kapilvast Forest

राष्ट्रिय लिगमा मनाङ र पुलिसको पहिलो जित

२०८२, १४ माघ मंगलवारमा प्रकाशित

काठमाडौं-
एन्फा राष्ट्रिय लिगमा चौथो खेलमा आएर मनाङ मस्र्याङ्दी क्लबले पहिलो जित हासिल गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार सुर्खेतको काँक्रेविहार युवा क्लबलाई ५–१ ले पराजित गर्यो‍।मनाङका लागि विदेशी खेलाडी गिडेओन नाहले दुई तथा सुरेश कुमाल, अनिल कुमार र नवराज गुरुङले एक÷एक गोल गरे। काँक्रेविहारका लागि सन्दीप देउवाले सान्त्वना गोल गरे।
खेलको १६ औँ मिनेटमा मनाङे सुरेशको गोलबाट अग्रता बनाएको थियो। त्यसको पाँच मिनेटपछि नै काँक्रेविहारका सन्दीपले बराबरीमा गोल गरे तर खेलको २५ औँ मिनेटमा अनिलले गोल गरेपछि मनाङ पुनः अगाडि भयो। खेलको ५४ औँ र ८५ औँ मिनेटमा विदेशी खेलाडी गिडेओनले दुई गोल गरेपछि मनाङको जित सहज बन्यो। यसबिच ८० औँ मिनेटमा मनाङका नवराजले पनि गोल गरेका थिए।

चार खेलमा पहिलो जित हात पारेको मनाङ १३ औँ स्थानमा उक्लिएको छ। काँक्रेविहारको भने यो लगातार चौथो हार हो र अङ्कविहीन रहँदै पुछारमा (१७ औँ स्थान) छ।सोमबार नै एन्फा खेल मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले श्री भगवती क्लबलाई १–० ले पराजित गरेको छ । खेलको ३७ औँ मिनेटमा श्री भगवतीका सेन्टरब्याक पेटर सेगुनको आत्मघाती गोल पुलिसको जितमा निर्णायक बन्यो। पुलिस क्लबको एन्फा राष्ट्रिय लिगमा यो पहिलो जित हो।

पुलिसले चौथो खेलमा आएर जितको खाता खोलेको हो। यसअघि पुलिसले एकमा बराबरी र दुईमा हार बेहोरेको थियो। भगवतीको यो दोस्रो हार हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu