Connect with us
Kapilvast Forest

९९ प्रतिशत क्यान्सरको उपचार नेपालमै सम्भव

२०८२, १५ माघ बुधबारमा प्रकाशित

काठमाडौँ  –
क्यान्सर उपचारमा बर्सेनि नयाँ नयाँ प्रविधि आइरहेका छन्। विश्वमा क्यान्सर उपचारमा नयाँ प्रविधि विकास भए पनि नेपालमा भने त्यस्ता प्रविधि भित्र्याउन सकिएको छैन।‘विश्व स्तरको क्यान्सरको उपचार नेपालमा नै हुन्छ’, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले भने ‘नेपालमा सम्भव नहुने केही क्यान्सरको उपचारका लागि मात्र बिरामीहरू भारतलगायत मुलुकमा जाने गरेका छन्।’
बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपालमा नभएका प्रविधिमा रोबोटिक सर्जरी, रोबोटिक थेरापी तथा प्रोटोनथेरापी जस्ता क्यान्सरका उपचार हुन्। ती उपचार नेपालमा सम्भव छैन। प्रोटोनथेरापी (क्यान्सर सेक्ने मेसिन), जसको मूल्य खर्बौं रुपैयाँ पछ, भारतमा पनि सीमित मात्रामा यस्ता प्रविधि रहेको छ। तीबाहेक अन्य सम्पूर्ण उपचार नेपालमा हुने गरेको छ। डा. चालिसेले ९९ प्रतिशत क्यान्सरको उपचार नेपालमा नै हुने गरेको बताए।
निजी अस्पतालहरूको छाता सङ्गठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) की कोषाध्यक्ष स्वरूपा श्रेष्ठले क्यान्सर उपचारमा नेपालले फड्को मार्दै गएको जानकारी दिए। ‘क्यान्सर उपचारमा नेपालका अस्पतालले नयाँ प्रविधि ल्याएर अगाडि बढिरहेका छन्’, कोषाध्यक्ष श्रेष्ठले भने, ‘एकाध प्रविधिबाहेक नेपालको क्यान्सर उपचार उत्कृष्ट छ।’

क्यान्सरको उपचारमा सबैको पहुँचमा पुर्‍याउनुपर्ने भन्दै डा। चालिसेले देशमा क्यान्सरसम्बन्धी औषधी उत्पादन गर्ने कम्पनीलाई प्रोत्साहन गर्नुपर्ने बताए। क्यान्सरको औषधी नेपालमा नै उत्पादन गर्न सकिएमा सस्तो औषधी प्रयोग गर्न सकिने बताए। उनका अनुसार ९९ प्रतिशत क्यान्सरको उपचार नेपालमै हुने गरेको छ, बाँकी एक प्रतिशत क्यान्सरको उपचारका लागि मानिसहरू विदेश गइरहेका छन्। विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार नेपालमा प्रत्येक दिन ४० जना नेपालीको क्यान्सर रोगबाट मृत्यु भइरहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu