Connect with us
Kapilvast Forest

मुक्तिनाथ र उपल्लो मुस्ताङमा हिमपात, यात्रा नगर्न प्रशासनको अनुरोध

२०८२, १५ माघ बुधबारमा प्रकाशित

पर्वत –
 गएरातिदेखिको वर्षा र हिमपातका कारण सडक तथा पैदल मार्ग अवरुद्ध भएपछि प्रशासनले मुस्ताङ क्षेत्रमा तत्काल यात्रामा नजान  अनुरोध गरेको छ।म‌ंगलबार रातिदेखि नै मुक्तिनाथ क्षेत्रसहित उपल्लो मुस्ताङका विभिन्न स्थानमा निरन्तर हिमपात भइरहेको छ। हिमपातका कारण सडक तथा पैदल मार्ग अवरुद्ध भएका तथा वर्षा र हिमपातका कारण जनजीवन कठिन अवस्थामा रहेकोले यात्रा नगर्न र सुरक्षित रहन जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको छ।
उपल्लो मुस्ताङमा गत शनिवार बिहानदेखि नै यो यामको दोस्रो पटक हिमपात भएको थियो। लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका बस्ती तथा आसपासका क्षेत्रमा आंशिकदेखि मध्यम हिमपात भएको थियो। तर रातिदेखि भने भारी मात्रामा हिमपात भइरहेको छ।हिमपातसँगै उपल्लो मुस्ताङका उच्च लेकाली डाँडाकाँडा सेताम्मे बनेका छन्। चिसो बढेकाले नदी, घरघरका धारा, सेप्टी ट्याङ्की तथा सिँचाइ कुलो समेत जमेका छन्। लोमान्थाङ बजार, सम्जुङ, चुमजुङ, छोसेर र कोरला नाका आसपासका क्षेत्रमा हिमपातले जनजीवन प्रभावित भएको छ।
कोरला नाकामा हाल पर्यटकको आगमन शून्य रहेको छ भने स्थानीय व्यवसायीको चहलपहल निकै कम देखिएको छ।   भारी हिमपात भइरहेको अवस्थामा यात्रा नगर्न, बाहिर ननिस्कन र न्यानो भएर घरमै बस्न स्थानीय तह तथा वडाहरूले नागरिक तथा मुस्ताङ आउजाउ गर्नेहरूलाई अनुरोध गरेका छन्।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu