Connect with us
Kapilvast Forest

काठमाडौं–तराई द्रुतमार्गमा ६ महिनामा तीन प्रतिशत मात्रै काम

२०८२, १६ माघ बिहीबारमा प्रकाशित

राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराईरमधेश द्रुतमार्गमा चालू आर्थिक वर्ष ०८२र८३ को ६ महिनामा तीन प्रतिशत मात्रै काम भएको देखिएको छ । नेपाली सेनाले सार्वजनिक गरेको एक प्रगति विवरणअनुसार साउनदेखि पुस मसान्तसम्ममा ३।०३ प्रतिशत काम भएको हो ।गत असारसम्म परियोजनाको समग्र भौतिक प्रगति ४२।१३ प्रतिशत थियो । चालू आवको पुस मसान्तसम्म आइपुग्दा बढेर ४५।१६ प्रतिशत पुगेको हो । तथ्यांकअनुसार परियोजनाको वित्तीय प्रगति भने ४५।३३ प्रतिशत पुगेको छ । गत असारसम्म परियोजनाको वित्तीय प्रगति ४४ प्रतिशत थियो । परियोजनामा हालसम्म ८२ अर्ब ९७ करोड रुपैयाँ खर्च भएको छ ।

७०।९७ किलोमिटर लामो द्रुतमार्गको निर्माण गर्ने जिम्मेवारी २१ वैशाख ०७४ मा नेपाली सेनालाई दिइएको थियो । त्यसपछि सरकारले १ भदौ ०७६ मा यसको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० स्वीकृत गरेर निर्माण सुरु गरेको जनाएको थियो । यद्यपि, सेनाले ०७४ बाटै काम सुरु गरेको थियो । सेनाले जिम्मा लिएको साढे आठ वर्षमा ४५।१६ प्रतिशत काम भएको हो । सेनाले भने डिपिआर स्वीकृति भएको मितिलाई प्रस्तावविन्दु मानेको छ, त्यो पनि ६ वर्ष पूरा भएको छ । परियोजनाको संशोधित लागत अनुमान दुई खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ छ । यो आयोजना बनेपछि प्रतिघण्टा ६० किमिदेखि एक सय किमिको गतिमा निजगढबाट काठमाडौं एक घण्टा दुई मिनेटमा पुग्न सकिन्छ ।

दुई सुरुङ निर्माणाधीन, तीनवटा निर्माणको तयारीमा
द्रुतमार्गअन्तर्गत सातवटा सुरुङमार्ग बन्दै छन् । त्यसमा दुईवटा सुरुङ ब्रेकथ्रु भइसकेका छन् । धेद्रेमा रहेको १७ सय २८ मिटर लामो बायाँ सुरुङ २१ साउन ०८१ र १६ सय ५३ मिटर लामो दायाँ सुरुङ ११ जेठ ०८१ मा ब्रेकथ्रु भइसकेको छ । यस्तै, लेनडाँडामा रहेको १६ सय ३३ मिटर लामो बायाँ सुरुङ ४ जेठ ०८१ र १६ सय १२ मिटर लामो दायाँ सुरुङ ३० असार ०८१ मा ब्रेकथ्रु भएको हो । अहिले त्यहाँ लाइनिङको काम भइरहेको छ । महादेवटार र चन्द्रामभिरमा सुरुङ निर्माण गर्ने काम भने अहिले भइरहेको छ । महादेवटार ३४ सय ८६ मिटर लामो बायाँ सुरुङमा हालसम्म २५ सय ३९ मिटर र ३४ सय २२ मिटर लामो दायाँ सुरुङमा २१ सय ४८ मिटर खनिएको छ ।

चन्द्रामभिरको २२ सय १३ मिटर लामो बायाँ सुरुङमा ३७४ मिटर र २२ सय ६१ मिटर लामो दायाँ सुरुङमा दुई सय ८७ सुरुङ खनिएको छ । हाल देवीचौर, सिसौटार र मौरीभिर खण्डको सुरुङमा भने ट्र्याक खोल्ने कार्य हुँदै छ । जसको लम्बाइ क्रमशस् १ किमि, ०।३९० किमि र ०।५९४ किमि छ ।

खोकनाको विवाद कायमै 
ललितपुरको खोकनाबाट सुरु भएको यो सडक बाराको पुगेर टुंगिन्छ । तर, यसको प्रस्थानविन्दु मानिएको खोकनामा अहिलेसम्म पनि जग्गाप्राप्ति हुन सकेको छैन । खोकनाका स्थानीयले फास्ट ट्र्याकको प्रस्थानविन्दु परिवर्तन गरिनुपर्ने माग राख्दै आएका छन् । त्यसमा सरकारले ठोस निर्णय दिन सकेको छैन । फलस्वरूप त्यहाँ निर्माण सुरु हुन सकेको छैन ।

यसैबिच प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार खोकना पुगेर विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुनेमा जोड दिएकी छिन् । ‘स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिई समाधान खोज्नुपर्छ । आवश्यक परेको खण्डमा रेखांकन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्छ । उहाँहरूको विश्वासमा आघात नपुग्ने गरी हाम्रा विकास निर्माण अघि बढाउनुपर्छ,’ उनले भनिन् । प्रधानमन्त्री कार्कीले भौतिक संरचनालगायतका निर्माण गरिँदा आवश्यक पर्याप्त खाली ठाउँको व्यवस्था मिलाउनसमेत सुझाब दिइन् । ‘प्राकृतिक विपत्को वेला खुला ठाउँ आवश्यक पर्छ, मानिसको ओहोरदोहोर, मेला, पर्व र भेला तथा जमघटका लागि पनि खुला ठाउँ आवश्यक पर्छ । त्यसकारण खाली ठाउँ देख्नेबित्तिकै संरचना बनाउनुपर्छ भन्ने धारणा त्याग्नुपर्छ । योजना बनाउँदा नै पर्याप्त खाली र खुला ठाउँ छाडेर योजना बनाउने र संरचना निर्माण गर्ने गर्नुपर्छ,’ उनले बताइन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu