Connect with us
Kapilvast Forest

युवराज सफल हाजिरी जमानिमा रिहा

२०८२, १६ माघ बिहीबारमा प्रकाशित

काठमाडौँ –

अफवाह फैलाएको कसुरमा पक्राउ परेका युवराज पौडेल (सफल) छुटेका छन् । उनलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल बुढाथोकीले रातोपाटीलाई बताए । उनी बुधवार साँझ छुटेका हुन् ।

महान्यायाधिवक्ता सबिता भण्डारीलाई लक्षित नकारात्मक टिप्पणी गर्दै अपशब्द बोलेपछि माघ १३ मा सफल पक्राउ परेका थिए । महान्यायाधिवक्ताले विभिन्न मुद्दामा रकम लेनदेन गरेर मुद्दा फिर्ता लिने गरेको उनले आरोप लगाएका थिए ।

सफललाई कारबाही गर्न महान्यायाधिवक्ताको कार्यालयले माघ ८ मा काठमाडौँ प्रहरीलाई पत्राचार गरेको थियो । त्यसपछि उनी पक्राउ परेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu