गुल्मीमा ३ महिने शिशुको हत्या, बाबु पक्राउ
गुल्मी-
गुल्मीको इश्मा गाउँपालिका–२, छल्दीटारमा तीन महिनाका शिशुको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले शिशुका बाबु ४६ वर्षीय सन्तबहादुर कुमाललाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुका अनुसार मादक पदार्थी सेवन गरेका सन्तबहादुरले शिशुलाई टिपेर भुइँमा पछार्दा घटनास्थलमै मृत्यु भएको हो ।
सन्तबहादुरकी जेठी छोरी सरिताले घटनाबारे हस्तीचौर प्रहरी चौकीमा खबर गरेपछि सुरक्षाकर्मी घटनास्थल पुगेका थिए ।प्रहरी सहायक निरीक्षक विनयकुमार श्रीवास्तवको कमाण्डमा खटिएको टोलीले आरोपित सन्तबहादुरलाई नियन्त्रणमा लिएका थियो ।डीएसपी सारुका अनुसार घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।