Connect with us
Kapilvast Forest

प्रेस सेन्टर नेपाल कपिलवस्तुद्वारा स्थापना दिवसमा अस्पतालका बिरामीलाई फलफूल वितरण

२०८२, १६ माघ बिहीबारमा प्रकाशित

कपिलवस्तु –
प्रेस सेन्टर नेपाल कपिलवस्तुले आफ्नो २२ औँ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल तौलिहवामा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ।
स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै आयोजित उक्त कार्यक्रममा अस्पतालमा भर्ना भई उपचार गराइरहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको हो ।

प्रेस सेन्टर नेपाल कपिलवस्तुका अध्यक्ष मनिष कार्कीले कार्यक्रमबारे जानकारी दिँदै पत्रकारिता केवल समाचार संकलन र प्रकाशनमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व वहन गर्नुपर्नेमा जोड दिनुभयो।
फलफूल वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसाल , उपाध्यक्ष दिपा महत, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राजेश चौधरी कार्यसमिति सदस्य अनेक पाण्डे लगायत सक्रिय पत्रकारहरूको सहभागिता रहेको  थियो । सहभागी पत्रकारहरूले यस्ता मानवीय र सामाजिक कार्यले संस्थाको गरिमा अझ बढ्ने धारणा व्यक्त गरेका थिए।
प्रेस सेन्टर नेपाल कपिलवस्तुले आगामी दिनहरूमा पनि यस्ता सामाजिक हितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu