Connect with us
Kapilvast Forest

रोट्र्याकद्वारा कपिलवस्तुका बटुकहरूलाई खाद्यान्न वितरण

२०८२, १७ माघ शुक्रबारमा प्रकाशित

कपिलवस्तु — रोट्र्याक क्लब अफ कपिलवस्तुको आयोजनामा शिवराज नगरपालिका वडा नं. ४ स्थित बालहंस साङ्ग वेद संस्कृत गुरुकुल पाठशाला, खरेन्द्रपुरका बटुकहरूलाई खाद्यान्न वितरण गरिएको छ ।

चेम्बर अफ कमर्स कपिलवस्तुका महासचिव तथा रोट्र्याक क्लब अफ कपिलवस्तुका आरटिआर गोपाल बन्जाडेको जन्मदिनको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत खाद्यान्न वितरण कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष प्रकाश चौधरीले जानकारी दिनुभयो ।


कार्यक्रममा शिवराज नगरपालिका वडा नं. ३ का वडाध्यक्ष टेकलाल सापकोटा, वडा नं. ४ का वडाध्यक्ष नसिम अहमद खान, रोटरी क्लबका पूर्व अध्यक्ष टिएन गैरे तथा रोटरियन बिष्णुमाया गैरे विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।
अतिथिहरूले गुरुकुल शिक्षा हाम्रो सांस्कृतिक पहिचानसँग जोडिएको उल्लेख गर्दै यस्ता सामाजिक कार्यले संस्कृत शिक्षाको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
खाद्यान्न वितरण कार्यक्रममा रोट्र्याक क्लब अफ कपिलवस्तुका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

क्लबले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu