Connect with us
Kapilvast Forest

धनकुटामा बस दुर्घटना, ६ जना घाइते

२०८२, १७ माघ शुक्रबारमा प्रकाशित

धनकुटा

कोशी लोकमार्ग अन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमाना पर्ने त्रिशुलेमा बस दुर्घटना हुदाँ छ जना घाइते भएका छन् । तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको  को १ ख ५१०५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल पल्टिएर दुर्घटना भएको हो ।

घाइते हुनेमा तेह्रथुमको लालिगुँरास नगरपालिका–२ का ५३ वर्षीय रेवान्तकुमार कामी, २३ वर्षीय रविन लिम्बू, २२ वर्षीय राज लिम्बू, धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ की २८ वर्षीया मुना रुचाल, ५ वर्षीय बालक निक्खि रुचाल र सुनसरीको धरान उपमहानगरपालिका–५ की ४७ वर्षीया चन्द्रकला लिम्बू रहेका छन् ।

धनकुटाका प्रहरी प्रवक्ता ज्ञानकुमार महतोका अनुसार बसमा सवार १५ जना थिए । जसमध्ये ६ जना छाइते भएका छन् ।घाइतेहरूको उद्धार गरी उपचारका लागि धनकुटा–१, स्थित हिले उज्यालो सामुदायिक पोलिक्लिनिकमा पठाइएको छ ।सवारी चालक सुनसरीको धरान उपमहानगरपालिका–७ का ४५ वर्षीय विष्णु थापा प्रहरी चौकी हिलेको नियन्त्रण रहेको र घटनाबरे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu