Connect with us
Kapilvast Forest

नेपालले आज क्यानडासँग खेल्दै

२०८२, २३ माघ बिहीबारमा प्रकाशित

नेपालले आज क्यानडाविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्न लागेको हो। खेल दिउसो सवा ३ बजेदेखि शुरु हुने छ।

दुई दिनअघि नेपालले पहिलो अभ्यास खेलमा युएईलाई ७ विकेटले पराजित गरेको थियो। यस खेलमा दीपेन्द्र सिंह ऐरी र आसिफ शेखले अर्थशतक बनाएका थिए। उनीहरु उच्च लयमा छन्।

नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकपमा तेस्रो पटक सहभागी हुदै छ। आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ।

नेपालको समूह स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन्।  नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्याण्डसँग खेल्ने छ।

नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu