Connect with us
Kapilvast Forest

भारतको मेघालयमा अवैध कोइला खानी विस्फोट: १८ जनाको मृत्यु, अन्य धेरै फसेको आशंका

२०८२, २४ माघ शुक्रबारमा प्रकाशित

काठमाडौँ –

उत्तर-पूर्वी भारतको मेघालय राज्यस्थित ‘इस्ट जयन्तिया हिल्स’ मा बिहीबार एउटा अवैध कोइला खानीमा भएको विस्फोटमा कम्तीमा १८ जना श्रमिकको मृत्यु भएको छ।मृत्यु हुनेमा खोटाङका दुई नेपाली दाजु-भाइ पनि छन् ।प्रहरीका अनुसार खानीभित्र प्रयोग गरिएको ‘डायनामाइट’ का कारण विस्फोट भएको हो, जसले गर्दा विषाक्त ग्यास फैलिनुका साथै सुरुङहरू भत्किएका छन्।

अहिलेसम्म १८ वटा शव निकालिएको छ भने ८ जना घाइते भएका छन्। खानीभित्र अझै ३० देखि ४० जनासम्म कामदार फसेको हुनसक्ने स्थानीयको आशंका छ।प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख भारु र घाइतेलाई ५० हजार भारु सहयोग दिने घोषणा गरेका छन्। यस्तै मेघालय सरकारले मृतकका परिवारलाई थप ३ लाख भारु दिने बताएको छ।

मेघालयमा ‘रेट-होल’ खानी खन्न सन् २०१४ देखि नै प्रतिबन्ध लगाइएको भए पनि उच्च ज्यालाका कारण धेरै श्रमिकहरू ज्यान जोखिममा राखेर काम गरिरहेका छन्। यस्ता श्रमिकहरूमा नेपाली र आसामी नागरिक पनि पर्दछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu