Connect with us
Kapilvast Forest

मेडिकल व्यावसायि दुर्गा प्रसाईं पक्राउ

२०८२, २४ माघ शुक्रबारमा प्रकाशित

काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ काठमाडौंको चाल्नाखेलबाट पक्राउ परेका छन् ।काठमाडौंबाट वीरगञ्ज जाने क्रममा उनलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । उनले वीरगञ्जमा कार्यक्रम गर्ने तयारी गरिरहेका थिए । प्रहरीले उनलाई थप अनुसन्धानका लागि साइबर ब्युरोमा बुझाउने तयारी गरिरहेको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्व गरिरहेका प्रसाईंले वीरगन्जमा कार्यक्रम गर्ने योजना बनाए पनि उनलाई स्थानीय प्रशासनले अनुमति दिएको थिएन । प्रसाईंले भने अनुमति नपाए पनि घन्टाघरमा कार्यक्रम गर्ने अडान राखेका थिए । बिहीबार मात्रै अभियानका जनकपुर संयोजक विजय थापाले दुर्गा प्रसाईंको सम्बोधन हुने उक्त कार्यक्रमलाई ‘विशाल नागरिक सभा’ का रूपमा आयोजना गर्न लागिएको बताएका थिए ।

१९ माघमा दुर्गा प्रसाइ चितवन पुगेका थिए । त्यहाँ उनले तोकिएको स्थानमा भन्दा फरक ठाउँमा कार्यक्रम गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

यसअघि २८ चैतमा पनि उनी भारतबाट पक्राउ परेका थिए । त्यतिबेला तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा उनको भूमिकालाई लिएर उनी पक्राउ परेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu