Connect with us
Kapilvast Forest

मुग्लिङ–काठमाडौं सडकमा बस दुर्घटना : एक जनाको ज्यान गयो

२०८२, २६ माघ आईतवारमा प्रकाशित

काठमाडौं

मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा दुईवटा बस ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत् भएको छ ।दाङबाट काठमाडौं आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६–ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा।प्र।०१–००६ ख ५२०६ नम्बरको रिजर्भ बस आज बिहान करिब साढे ७ बजे ठोक्किएका थिए ।

दुर्घटनापछि एउटा बस सडक किनारमा रहेको टिनले छाएको कच्ची पसलमा समेत ठोक्किँदा पसलमा क्षति पुगेको छ । सोही पसलमा चिया पिउन लागेका धादिङ धुनिवेशी नगरपालिका-९ स्याउलेका ३५ वर्षीय सुजन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।पसल नजिकै टिपर रोकेर चिया पिउन बसेका तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । गम्भीर घाइते भएका उनलाई ट्रमा सेन्टर पुर्‍याइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा पसलका सञ्चालक बाँकेको वैजनाथ गाउँपालिका-१ का ५४ वर्षीय खगेश्वर शर्मा र रसुवा जाँदै गरेको बसमा सवारी ८ वर्षीय सफलता पुलामी मगर घाइते भएको प्रहरीले जनाएको छ ।दुर्घटना भएका बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu