आज पनि बढ्यो सुनको भाउ, तोलाको ३ लाख नाघ्यो
काठमाडौं –
नेपाली बजारमा सोमबार पनि सुनको भाउ बढेको छ । हिजो आइतबार तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको सुन आज ४ हजार १ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २ सय ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँ कायम छ ।हिजो आइतबार भने चाँदी तोलामा ५ हजार १० रुपैयाँमा किनबेच भएको थियो ।