Connect with us
Kapilvast Forest

कपिलवस्तु–३ मा रास्वपाको सक्रियताले अन्य दल दबाबमा, चुनावी प्रतिस्पर्धा रोचक बन्दै

२०८२, २७ माघ सोमबारमा प्रकाशित

कपिलवस्तु –
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी अभियानलाई तीव्र रूपमा अघि बढाएको छ। गाउँ–टोल केन्द्रित कार्यक्रम, घरदैलो अभियान तथा विभिन्न स्थानमा सम्पर्क कार्यालय उद्घाटन गर्दै रास्वपा चुनावी मैदानमा सक्रिय देखिएको हो। रास्वपाको यो निरन्तर सक्रियताले क्षेत्रको राजनीतिक माहोल थप तातेको छ भने अन्य दलहरूलाई समेत रणनीति पुनरावलोकन गर्न बाध्य बनाएको स्थानीय विश्लेषकहरू बताउँछन्।


रास्वपाले पछिल्लो समय मतदातासँग प्रत्यक्ष सम्पर्कलाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरिरहेको छ। गाउँ–गाउँमा आयोजित भेटघाट कार्यक्रम, युवा तथा महिला लक्षित अन्तरक्रिया, र स्थानीय समस्या केन्द्रित छलफल मार्फत पार्टीले जनताको मन जित्ने प्रयास गरिरहेको सहजै देख्न सकिन्छ । घरदैलो अभियानका क्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचार नियन्त्रण र सुशासनका विषयलाई मुख्य एजेन्डा बनाएका छन्।


रास्वपाका कपिलवस्तु–३ का उम्मेदवार प्रकाश रजौरियाले क्षेत्र नम्बर–३ मा रास्वपाको संगठनात्मक अवस्था मजबुत रहेको दाबी गरेका छन्। जनतासँग प्रत्यक्ष सम्पर्क नै आफ्नो मुख्य शक्ति भएको उल्लेख गर्दै उनले भने, “यो क्षेत्रमा रास्वपा सबैभन्दा माथि छ। हामी केवल प्रचारका लागि मात्र होइन, मतदाताका गुनासा सुन्न र समाधानको बाटो खोज्न मैदानमा उत्रिएका हौं।” उनका अनुसार विगतमा जनताले भोग्दै आएका समस्यालाई नजिकबाट बुझेर त्यसको दीर्घकालीन समाधान गर्ने स्पष्ट खाका रास्वपासँग मात्र छ।


रजौरियाले पुराना राजनीतिक दलहरूले वर्षौंदेखि दोहोर्‍याउँदै आएको आश्वासनको राजनीतिबाट जनता दिक्क भइसकेको भन्दै यसपटक परिवर्तनको पक्षमा जनलहर देखिन थालेको दाबी गरेका छन । “जनताले अब काम गर्ने प्रतिनिधि खोजिरहेका छन्, भाषण गर्ने होइन,” उनले भने ।


स्थानीय स्तरमा रास्वपाको सक्रियता, संगठन विस्तार र जनतासँगको निरन्तर संवादले कपिलवस्तु–३ को चुनावी प्रतिस्पर्धा झन् रोचक बन्दै गएको छ। निर्वाचन नजिकिँदै जाँदा रास्वपाको अभियानले कस्तो परिणाम ल्याउँछ भन्ने चासो बढ्दै गएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu