नेकपा कपिलवस्तु क्षेत्र नं.२ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन
कपिलवस्तु –
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कपिलवस्तुको क्षेत्र नम्बर २ मा निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन गरेको छ । बुद्धभूमि नगरपालिका –१ भेलाईमा सम्पर्क कार्यालय उद्घाटन गरेको हो । आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारका प्रत्यासी बृजेश कुमार गुप्ताले व्यानर वाचन गरी कार्यालय उद्घाटन गर्नुभएको हो ।
केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल बलदेवले निर्वाचन आचारसंहिताको बारेमा राजनीतिक दल, आयोग, सुरक्षा निकाय र प्रशासनसँग भएको छलफलको विषयवस्तु जानकारी गराउनुभएको थियो । उम्मेदवार गुप्ताले मतदाता भेट्न घरदैलो अभियान थालिसकेको भन्दै थप सल्लाह सुझाव भए सम्पर्क कार्यालयमा पनि आउन सकिने बताउनुभयो ।
उहाँले आफु वर्षाैदेखि जनताकै सेवामा अनवरत खटिरहे पनि जनताबाट अनुमोदित भएर अझै सम्वृद्ध राष्ट्र निर्माणको अभियानमा अगाडि बढ्नका लागि उम्मेदवारको रुपमा आएको बताउनुभयो । कार्यक्रममा जिल्ला इन्चार्ज रुद्र बन्जाडे लगायत केन्द्रदेखि वडा तहसम्मका नेता तथा कार्यकर्ता सहभागी थिए ।