Connect with us
Kapilvast Forest

मन्थलीको मसानटारमा यात्रुबाहक बस दुर्घटना हुँदा चारको मृत्यु

२०८२, २८ माघ मंगलवारमा प्रकाशित

रामेछापकाे मन्थली नगरपालिका– ६, भलुवाजोरस्थित मसानटारमा यात्रुबाहक बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएकाे छ । बस सडकबाट तामाकोशी नदीमा खसेकाे छ । मगंलबार बिहान काठमाडौंबाट यात्रु लिएर रामेछापतर्फ आउँदै गरेको प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको यात्रुबाहक बस तामाकोशीमा खसेको हाे ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार बस दुर्घटनाको जानकारी पाउनासाथ उद्धारका लागि प्रहरी, एम्बुलेन्स घटनास्थलतर्फ पठाइएको छ ।

अहिले बस दुर्घटनास्थलमा स्थानीय र प्रहरीले उद्धारकार्य जारी रहेको राखेका छन् । बसमा कति यात्रु सवार थिए, कसरी दुर्घटना भयो भन्ने यकिन जानकारी भने प्राप्त हुन सकेको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu