वरिष्ठ पत्रकार चौहान कांग्रेस केन्द्रीय प्रचार–प्रसार समितिमा मनोनित
शेखर छत्कुली
विरगंज । वरिष्ठ पत्रकार दीपेन्द्र चौहानलाई नेपाली कांग्रेस पार्टीले केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा मनोनयन भएका छन् ।
वीरगन्जबाट प्रकाशित अंकुश दैनिक पत्रिका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ मधेश प्रदेशका पुर्व अध्यक्ष दिपेन्द्र चौहानलाई कांग्रेस पार्टीले केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा मनोनयन गरेको हो।
फागुन २१ गते आसन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन र समानुपातिकमा नेपाली कांग्रेसलाई भारी मत बढाउन चुनाव प्रचार–प्रसारलाई थप प्रभावकारी, समन्वयात्मक र व्यवस्थित बनाउने उद्देश्यले पत्रकार चौहानलाई उक्त पदको जिम्मेवारी दिइएको हो।
पत्रकारिता क्षेत्रमा चौहानको लामो अनुभव, सक्रियता र सञ्चार माध्यम सँगको सुमधुर समन्वयले पार्टीको चुनावी अभियानलाई परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास कांग्रेसले लिएको भन्दै कांग्रेसले चौहानलाई सो जिम्मेवारी दिएको हो ।
पार्टीका प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेद्वारा हस्ताक्षरित नियुक्ति पत्र प्राप्त गरेपछि पत्रकार चौहानले आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक र परिणाममुखी ढंगले निर्वाह गर्ने प्रतिबद्धता गर्दै नेपाली कांग्रेसलाई बहुमत सहित जिताउन आफु प्रतिबद्ध रहेको बताएका छन्। चौहान बिगत ३ दशक भन्दा लामो समयदेखि पर्साबाट पत्रकारिता गर्दै आएका छन्।