काठमाडौमा रास्वपाको क्लिनस्वीप
काठमाडौँका १० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिनस्वीप गरेको छ ।
यस भन्दा अघि काठमाडौँका १० क्षेत्रमध्ये ४ क्षेत्रमा जितेको रास्वपाले अहिले ती क्षेत्रमा जित दोहर्याउँदै थप ६ क्षेत्रमा जितेर क्लिनस्वीप गर्न सफल भएको हो ।
रास्वपाबाट उम्मेदवार बनेर काठमाडौँ–१ मा रञ्जु दर्शना (न्यौपाने), काठमाडौँ–२ मा सुनिल केसी, काठमाडौँ–३ मा राजुनाथ पाण्डे, काठमाडौँ–४ मा पुकार बम, काठमाडौँ–५ मा सस्मित पोखरेल, काठमाडौँ–६ मा शिशिर खनाल, काठमाडौँ–७ मा गणेश पराजुली, काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ–९ मा डोलप्रसाद अर्याल र काठमाडौँ–१० मा प्रताप विष्ट निर्वाचित भए ।