Connect with us
Kapilvast Forest

आज देशभर बादल, केही ठाउँमा चट्याङसहित वर्षा हुने

२०८२, २६ फाल्गुन मंगलवारमा प्रकाशित

आज देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही ठाउँमा भने चट्याङ्सहित हल्का वर्षा र हिमपात पनि हुनेछ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि केही ठाउँमा हल्का वर्षा र हिमपात हुने पूरुवानुमान गरिएको छ । बुधबार दिउँसो पनि बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu