Connect with us
Kapilvast Forest

जेलबाट छुटे दीपक मनाङे

२०८२, ३० फाल्गुन शनिबारमा प्रकाशित

भर्खरै जेलबाट छुटेका गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’को ठमेलमा भव्य स्वागत भएको छ । ज्यान मार्ने उद्योगको कसुरमा डिल्लीबजार कारागारबाट कैद काटेर बुधवार छुटेका मनाङे शनिबार ठमेल पुगेका थिए । जेलबाट छुटेका मनाङे पुग्दा ठमेलका व्यवसायी र समर्थकले क्लब नोभामा भव्य स्वागत गरेका हुन् ।

एक समय मनाङे काठमाडौंमा ‘गुन्डा नाइके’का रूपमा परिचित थिए । त्यो बेला ‘चक्रे मिलन’ भनिने मिलन गुरुङको अर्को समूह थियो । चक्रे मिलन यस पटकको प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ मा एमालेबाट उम्मेदवार थिए ।

२०६१ वैशाख ३१ गते महाराजगन्जमा खुकुरी प्रहारबाट चक्रे मिलनको हात काटिएको थियो । सोही घटनामा अभियुक्त ठहर गर्दै मनाङेले जेल परेका थिए । सोही मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका मनाङे यस पटक एक वर्ष ४ महिना कैद भुक्तानी गरेर छुटेका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu