Connect with us

कपिलवस्तु समाजको अन्तरक्रियामा पर्यटन प्रबर्द्धन गर्न जोड

२०८२, ८ चैत्र आईतवारमा प्रकाशित

अशोक मिश्र 
शिक्षा र स्वास्थ्यको क्षेत्रमा पछाडि रहेको कपिलवस्तुको विकासमा राजनीतिक दल सहित सबैको  सहयोग अझै आवश्यक रहेको कुरामा विभिन्न व्यक्तिहरुले जोड दिनु भएको छ । 

कपिलवस्तु समाजद्धारा आज ललितपुरमा आयोजित अन्र्तक्रियामा उहाँहरुले कपिलवस्तु पर्यटीकय स्थलको रुपमा रहेकोले पर्यटन प्रवद्र्धनमा जोड दिनु पर्ने बताउनुभयो ।

अन्र्तक्रियामा पूर्वमन्त्री एंवम् सभासद अकबाल अहमद शाहले जिल्लाको विकासको कार्यमा स्वार्थ भन्दा माथि उठेर सबै पार्टीका नेता तथा कार्यकर्ताहरु अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।

मुस्लीम आयोगका सदस्य मिर्जा अरसद बेगले समाजले जिल्लाको भाषा र संस्कृतिमा जोड दिनुपर्ने बताउनुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक एंवम् समाजका सल्लाहकार उमा प्रसाद चर्तुबेदीले जिल्लाको शिक्षा र स्वास्थ्यमा राजनीतिक दलका नेताहरुले बिशेष जोड दिनुपर्ने उल्लेख गर्नुहुदै अवधी भाषी क्षेत्रको सांस्कृतिक रितिरिवाज, परम्परा र प्रथाको बारेमा राष्ट्रिय रुपमा जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा समाजका संरक्षक डा.यशोधाम त्रिपाठी, श्याम अधिकारी र हरि ढकाल तथा सल्लाहकार मुकुन्दराज शर्मा र पे्रमनारायण पौडेलले कपिलवस्तु समाजको गतिविधिलाई काठमान्डौमा मात्र केन्द्रित नगरी जिल्लामा लैजानुपर्नेमा जोड दिनुहुदै समाजले गर्ने कार्यहरुमा सहयोग र सर्मथन रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समाजका अध्यक्ष विमल पाण्डेयको अध्यक्षतामा सम्पन्न अन्र्तक्रियामा समाजका पूर्व अध्यक्ष दिग्विजय मिश्र, पूर्व प्रहरी उपरीक्षक निरंकार नाथ शुक्लालगायतले समाजद्धारा संचालित छात्रवृत्ति कार्यक्रमलाई जिल्लाको ग्रामीण क्षेत्रका विद्यालयमा लैजानुपर्ने, बुद्धजयन्ती, समाजको स्थापना दिवस र वनभोज कार्यक्रमलाई निरन्तरता दिनुपर्ने लगायतका सुझावहरु दिनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu