Connect with us
Kapilvast Forest

सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम सम्पन्न

२०८२, ११ चैत्र बुधबारमा प्रकाशित

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्यसहित मार्च १६ देखि २२ सम्म मनाइएको “ग्लोबल मनी विक” को अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरू आयोजना गरी सम्पन्न गरेको छ।

यस वर्षको ग्लोबल मनी विक २०२६ को नारा ‘तिम्रो पैसा, तिम्रो भविष्य’ लाई सार्थक बनाउने उद्देश्यले बैंकले देशका सातै प्रदेशका विद्यालय तथा क्याम्पस गरी ३८ स्थानमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ। उक्त कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार तथा त्यसमा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिँदै विद्यार्थीहरूको वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने प्रयास गरिएको थियो। कार्यक्रममा कुल २ हजार १७१ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

यसैगरी, विद्यार्थीहरूलाई बैंकिङ प्रणालीबारे व्यवहारिक ज्ञान दिने उद्देश्यले ४७८ जना विद्यार्थीहरूलाई बैंकका विभिन्न शाखामा अवलोकन भ्रमण गराइएको थियो। यसरी ग्लोबल मनी विकका क्रममा बैंकले ५१ वटा कार्यक्रममार्फत कुल २ हजार ६४९ जना विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरेको जनाएको छ।

बैंकले देशका सबै वर्ग, क्षेत्र र समुदायसम्म वित्तीय सेवाको पहुँच विस्तार गर्दै सर्वसाधारणलाई वित्तीय रूपमा सशक्त बनाउने लक्ष्यसहित उक्त कार्यक्रमहरू सञ्चालन गरेको हो। साथै, सप्ताहभर सामाजिक सञ्जालमार्फत दैनिक रूपमा जानकारीमूलक सामग्री प्रकाशन गरी वित्तीय सचेतना अभिवृद्धि गर्ने प्रयास गरिएको बैंकले जनाएको छ।

उक्त कार्यक्रमहरूबाट ग्लोबल मनी विकका मूल उद्देश्य हासिल गर्न सकारात्मक योगदान पुगेको बैंकले विश्वास व्यक्त गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu