हैदरावादलाई हराउँदै आरसीबीको विजयी सुरुवात
काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा विजयी सुरूवात गरेको छ।
शनिबार बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट रंगशालामा भएको सिजनको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
हैदराबादले दिएको २०२ रनको लक्ष्य बेंगलुरुले १५ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
त्यसअघि टस जितेर घरेलु टोलीले बलिङ रोजेपछि ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०१ रन बनाएको थियो
पहिलो खेलमा जित हात पारेको डिफेन्डिङ च्याम्पियन बेंगलुरु २ अंकका साथ शीर्ष स्थानमा छ। पराजित हैदराबादको १ खेलबाट कुनै पनि अंक रहेको छैन।
प्रतियोगिता अन्तरगत आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच राति पौने ८ बजे वान्खडेमा सुरु हुनेछ।