Connect with us

नदीजन्य पदार्थ ढुवानीमा स्थानीयको रोक

२०८२, २२ चैत्र आईतवारमा प्रकाशित

कपिलवस्तु, — कपिलवस्तु नगरपालिका वडा नम्बर ९ अन्तर्गतका विभिन्न गाउँका स्थानीय बासिन्दाहरूले आफ्नो क्षेत्रमा हुने नदीजन्य पदार्थको ढुवानीमा पूर्ण रोक लगाउने निर्णय गरेका छन्।

जरलैया नाकाबाट उत्खनन हुने बालुवा, गिट्टी लगायतका नदीजन्य पदार्थ बोक्ने टिप्पर, ट्याक्टर तथा हाइवा सवारीका कारण मानविय तथा वातावरणीय सङ्कट निम्तिएको भन्दै स्थानीयले यस्तो निर्णय गरेका हुन्।

स्थानीयका अनुसार अत्यधिक मात्रामा हुने ढुवानीका कारण सडक धुलाम्य हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको छ। यसले विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारणको दैनिक जीवन प्रभावित बनेको उनीहरूको गुनासो छ।

जरलैया नाकाबाट निकासी हुने नदीजन्य पदार्थ बोकेका सवारी साधनहरू जरलैया, केवलपुर, चम्कीपर, जगदीशपुर डाँडा र नयाँगाउँ चोक हुँदै आवतजावत गर्ने गरेका छन्। यी सबै क्षेत्रहरू घना बस्ती भएका स्थान भएकाले सवारीको चापले थप समस्या सिर्जना गरेको स्थानीयले बताएका छन्।

स्थानीय बासिन्दाहरूले अब आफ्नो क्षेत्रबाट यस्ता सवारी साधन सञ्चालन हुन नदिने अडान लिएका छन्। उनीहरूले सम्बन्धित निकायलाई पनि तत्काल ध्यान दिन र वातावरण तथा जनसुरक्षाको विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu