Connect with us
Kapilvast Forest

१ करोड ६० लाख कारोबारसंगै तेश्रो हर्टीकल्चर एक्स्पो सम्पन्न

२०८२, २४ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौ । काठमाडौको भृकुटीमण्डपमा जारी चलेको नेशनल हर्टीकल्चर एक्स्पो २०८२ १ करोड २५ लाखको कारोबारसगै सम्पन्न भएको छ । नर्सरी व्यवसायी सघ नेपालले आयोजना गरेको तेश्रो नेशनल हर्टीकल्चर २०८२ चैत्र १९ बिहिवार देखि २३ गते शुक्रबारसम्म चलेको थियो ।

नर्सरी व्यवसायी सघ नेपालका बरिष्ठ उपाध्यक्ष तथा एक्स्पो संयोजक रबिन कुमार गौतमले तेस्रो हर्टीकल्चर एक्स्पोमा १ करोड ६० लाख बढीको कारोबार भएको जानकारी गराउनु भयो । गौतमका अनुसार पाच दिने एक्स्पोमा ५२ हजार बढीले एक्स्पो अवलोकन गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै रास्वपा महामन्त्री तथा सासद कबिन्द्र बुर्लाकोटीले शहरीकरण हुँदै गर्दा नर्सरी बिधा महत्त्वपूर्ण हुने बताउनुभयो । नेता बुर्लाकोटीले नर्सरी बिधाले रोजगारी सृजना गर्ने बताउदै सरकारले चाहेको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

सघका अध्यक्ष राम्जीप्रसाद तिमिल्सिनाले नर्सरी बिधामा विविध समस्या रहेकाले नया सरकारले सम्बोधन गर्नेमा आशावादी रहेको बताउनु भयो । नर्सरी क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले बृहत् प्रदर्शने र नर्सरी व्यवसायलाई व्यवस्थित, व्यवसायिक र प्रतिस्पर्धी बनाउँदै स्वदेशमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्यसहित एक्स्पोको निरन्तरता रहेको तिमिल्सिनाको भनाई छ । ‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने मूल नारासहित सञ्चालन गरिएको प्रदर्शनीमा देशभरका नर्सरी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

पुस्प ,फलफूल ,कृषिबन, जडिबुटीका सयौ भेराईटीका साथै निशुल्क परामर्श समेत दिइएकोले अवलोकनकर्ताहरुको उल्लेख्य वृद्धि भएको सघको भनाई छ । एक्स्पोमा ६५ ओटा स्टलहरुमा विभिन्न प्रजातीका नर्सरी जडिबुटी फुल बिरुवाहरु प्रदर्शन गरिएको थियो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu