Connect with us
Kapilvast Forest

एनपीएल–२ बाट क्यानलाई ९ करोड नाफा

२०८२, २४ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौँ — दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) बाट नेपाल क्रिकेट संघ (क्यान) ले ९ करोडभन्दा बढी खुद नाफा कमाएको छ ।

क्यानको केन्द्रीय समिति बैठकले चार महिनाअघि सम्पन्न प्रिमियर लिगको आयव्यय सार्वजनिक गरेको थियो ।

सार्वजनिक संक्षिप्त आयव्ययअनुसार क्यानले एनपीएलमा ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । त्यसमध्ये २१ करोड ९६ लाखभन्दा बढी रकम एनपीएल आयोजनामा खर्च भएको जनाइएको छ । एनपीएलको नाफा २५ करोड ३९ लाखभन्दा बढी नाफा भएको छ ।

क्यान र ८ फ्रेन्चाइज टोलीबीच खुद नाफाको ५० प्रतिशत बाँडफाँट हुने सहमतिअनुसार १६ करोड १८ लाख ७३ हजार ५ सय रुपैयाँ प्रदान गरिने जनाइएको छ । यो सबै कटाएर क्यानले ९ करोड २१ लाख २१ हजार ९ सय ३५ रुपैयाँ खुद नाफा गरेको हो ।

पहिलो संस्करणमा ८ फ्रेन्चाइज टोलीले ३ करोड १६ लाख पाएका थिए भने क्यानको खुद नाफा २ करोड ४६ लाख मात्र थियो । पहिलो संस्करणको तुलनामा क्यानले झन्डै ४ गुणा बढी नाफा कमाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu