Connect with us
Kapilvast Forest

विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु

२०८३, ७ बैशाख सोमबारमा प्रकाशित

सनिउल्ला धोबी

कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ लोहरोला स्थित विजया सिमेन्ट फ्याक्ट्रीभित्र काम गर्ने क्रममा एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

वैशाख ५ गते सनिवार दिउँसो करिब २:०० बजे फ्याक्ट्रीमा मेसिन सञ्चालन गर्ने क्रममा महाराजगंज नगरपालिका–५ इट्रोल निवासी ४५ वर्षीय किशोर कहारलाई अचानक करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो ।

घटना सनिवार भएको भए पनि पीडित परिवारले आज मात्रै पत्रकारलाई जानकारी दिएका छन  ।

करेन्ट लागेपछि उनको मुखबाट रगत बगिरहेको अवस्थामा तत्काल उद्धार गरी शिवराज अस्पताल, बहादुरगंजमा उपचारका लागि लगिएको थियो ।

उपचारकै क्रममा दिउँसो २ बजेर ४५ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी उपरीक्षक आचार्यले बताउनु भयो ।

उक्त फ्याक्ट्री राजेन्द्र प्रसाद अग्रवालले सञ्चालन गर्दै आएका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu