Connect with us
Kapilvast Forest

सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट

२०८३, ११ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेट गरेका छन् ।

सिंहदबारमा भएको भेटमा उनीहरूबीच नेपालको डिजिटल रूपान्तरण, सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रको विकासका लागि द्विपक्षीय सहकार्य, सहयोग र समन्वयलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

राजदूत अर्बमले नेपालमा सूचना प्रविधिको विकासका लागि अमेरिका सहयोग गर्न तयार रहेको बताए । साथै, सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा उपयुक्त नीति तथा सहज लगानी वातावरण निर्माण गर्न सके वैदेशिक लगानी आकर्षित हुने उनले बताए ।

उक्त अवसरमा मन्त्री तिमिल्सिनाले नेपाल र अमेरिका सम्बन्ध आपसी सम्मान र सहयोगमा आधारित रहेको उल्लेख गर्दै नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकाले पुर्‍याउँदै आएको योगदानका लागि धन्यवाद दिए ।

उनले नेपाल राजनीतिक स्थायित्वको नयाँ चरणमा प्रवेश गरेको र वर्तमान सरकार सुशासन, पारदर्शिता तथा संस्थागत सुधारप्रति प्रतिबद्ध रहेको स्पष्ट पारे । साथै, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सरकार इच्छुक रहेको र त्यसका लागि आवश्यक नीतिगत तथा नियामक सुधार तीव्र रूपमा अघि बढाइएको उनले बताए ।

त्यसैगरी, आजै मन्त्री तिमिल्सिनाले नेपालका लागि कोरियाका राजदूत पार्क ताइयङ पनि भेट गरेका छन् । कोरियाली राजदूत पार्क ताइयङको भेटमा नेपालको डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र तथा कृत्रिम बौद्धिकताको क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो । राजदूत पार्कले कोरियाले सूचना प्रविधि, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी नेपाललाई सहयोग गर्दै आएको उल्लेख गरे ।

सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माण भएमा प्रत्यक्ष वैदेशिक लगानी बढ्ने उनको भनाइ थियो । राजदूत पार्कले रोजगार अनुमति प्रणाली ९इपीएस० मार्फत ठूलो संख्यामा नेपाली युवाहरूलाई रोजगारीको अवसर प्रदान गरिएको उल्लेख गर्दै यसले आर्थिक लाभका साथै सीप तथा ज्ञान हस्तान्तरणमा समेत सहयोग पुगेको विश्वास व्यक्त गरे।

साथै, कोरियाले नेपालको डिजिटल पूर्वाधार, साइबर सुरक्षा तथा कृत्रिम बौद्धिकता क्षेत्रमा सहयोग गर्न तयार रहेको उनले बताए । सो अवसरमा मन्त्री तिमिल्सिनाले नेपाल–दक्षिण कोरिया सम्बन्ध आपसी विश्वास र सद्भावमा आधारित रहेको उल्लेख गर्दै कोरियाले नेपालको विकासमा पुर्याएको सहयोगको प्रशंसा गरे ।

उनले सरकारी तथ्यांक पूर्वाधार तथा क्लाउड टेक्नोनोजीमा आधारित सेवाको सुदृढीकरणमा कोरियाली सहयोगप्रति आभार व्यक्त गरे । साथै, कोरियाली लगानीकर्ताहरूलाई नेपालमा सूचना प्रविधि तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न आह्वान गर्दै सरकारले लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu