Connect with us
Kapilvast Forest

चक्कु प्रहर गरी एक जनाको हत्या

२०८३, ३ जेष्ठ आईतवारमा प्रकाशित

pakrau

काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा एक जनाको हत्या भएको छ ।

महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले घरायसी विवादमा आफ्नो सालो नाता बताउने महोत्तरीकै अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीलाई तरकारी काट्ने चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

चक्कु प्रहारबाट घाइते मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पतालमा लगिएकोमा उपचारको क्रममा गएराति साढे ९ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

चक्कु प्रहार गर्ने समी अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ ।

शवलाई जाँच मुचुल्कापछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu