Connect with us
Kapilvast Forest

आर्सनललाई हराउँदै पिएसजीले जित्यो च्याम्पियन्स लिग

२०८३, १७ जेष्ठ आईतवारमा प्रकाशित

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ।

बुडापेस्टमा गएराति आर्सनललाई पेनाल्टीमा पराजित गर्दै पिएसजीले लगातार दुई सिजन च्याम्पियन्स लिग जितेको हो।

आर्सनलले सुरूवातमै गरेको गोल जोगाउन नसक्दा पहिलो पटक च्याम्पियन्स लिग जित्ने अवसर गुमाएको हो।

खेलको पाँचौं मिनेटमा काई हार्भेजले गोल गरी आर्सनललाई अग्रता दिलाएका थिए।

६१ मिनेटमा पिएसजीले पाएको पेनाल्टीको अवसरलाई उस्मान डेम्बेलेले गोलमा परिणत गरेका थिए।

त्यसपछि निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा पनि दुवै तर्फबाट गोल नभएपछि खेल पेनाल्टीमा पुगेको थियो।

पेनाल्टीमा आर्सनलका इबिरेची इजको प्रहार पोस्ट बाहिर गएको थियो। त्यसपछि पिएसजीका नुनो मेन्डिजको प्रहारलाई डेविड रायाले रोकेका थिए।

अन्तिम पेनाल्टीमा आर्सनलका ग्याब्रियलको प्रहार खेर गएपछि पिएसजीले उपाधि जितेको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu