Connect with us
Kapilvast Forest

आफन्त नेपालद्वारा  ४ हजार बढीलाई परामर्श, १ सय ५ जनाको उद्धार

२०८३, २३ जेष्ठ शनिबारमा प्रकाशित

न्युजसेन्टर नेपाल-

अजय मिश्र- कपिलवस्तुको कृष्णनगरमा रहेको आफन्त नेपाल कपिलवस्तु
शाखाले स्थानीय निकायहरू संगको समान्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा शाखाले आर्थिक वर्ष २०८२/०८३ को बैशाख महिना सम्मको शाखाले परामर्श, उद्धार, पारिवारिक पुनर्मिलन, अकास्मिक आवाश गृह सेवा, सिपमुलक तालिम, फ्लोअप तथा विभिन्न अभियानहरुबारे जानकारी गराएको थियो ।

आर्थिक वर्ष २०८२/०८३ मा आफन्त नेपाल कपिलवस्तु
शाखाले कृष्णानगर नाका बाट ११७०४ जनामा सूचना सम्प्रेषण, उद्धार तथा अवरोध १०५ जना, परामर्श ४११८, आकस्मिक आवाश गृह सेवा ६७, पारिवारिक पुर्न मिलन ६९ जना, सिपमूलक तालिम १७ जना, फलोअप १०९ रहेको आफन्त नेपाल कपिलवस्तु संयोजक माधुरी लिम्बुले जानकारी दिइन्।

खुला सिमाना हुँदै हुने मानवबेचविखनलाई न्यनीकरण गर्न सरोकारवाला संस्थाले निर्णायक भूमिका खेल्दै जानुपर्ने इलाका प्रहरी कार्यालय कृष्णानगरका प्रहरी निरीक्षक कृष्ण बहादुर कुवरले सुझाउनुभएको थियो ।

कार्यक्रममा बोल्दै कृष्णानगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले संस्थाहरूको काम सराहनीय रहेको बताउदै स्थानीय निकाय तपाईहरू संग समान्वय गरिरहने बताए।
कार्यक्रममा उठेका सवालको आफन्त नेपालका रूपन्देही संयोजक उषा गुरुङले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा कृष्णानगर नगरपालिका उप प्रमुख आरती देवी चौधरी, सशस्त्र प्रहरी बल कृष्णानगरका सशस्त्र प्रहरी नायब उपरिक्ष यज्ञ मान साउद, कृष्णानगर नगरपालिका वडा नं २ की कार्यवाहक अध्यक्ष रेनु शर्मा, वडा सदस्य राहुल मोदनवाल, नारायण कनोडिया,लिंकगेट अस्थायी प्रहरी पोष्टका प्रहरी नायब निरिक्षक खिम बहादुर जिसी, शान्ति पुर्नस्थापना गृहका कपिलवस्तु संयोजक दिनेश तिमिल्सिना, साना हातहरू संस्थाकी भिमा परियार, आशिष सामाजिक सेवा नेपालकी कपिलवस्तु संयोजक सविता बिक लगायत जनप्रतिनिधि, समाजसेवी, सुरक्षा निकाय पत्रकार लगायत सरोकारवालाको उपस्थिति थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu