Connect with us
Kapilvast Forest

कपिलवस्तुमा भन्सार प्रमुखद्वारा सेवाग्राहीलाई कुटपिट गरी मुद्धा चलान

२०८३, २७ जेष्ठ बुधबारमा प्रकाशित

 

कपिलवस्तुको सुठौली भन्सार प्रमुखले गुनासो पोख्ने सेवाग्राहीलाई कुटपिट गरी मुद्धा नै चलाइदिएका छन् । अस्ति सोमबार बेलुकी ५ बजे भारतीय सवारीको भन्सार सुविधा लिन गएका महाराजगन्ज ३ गैडहवाका दिलिपकुमार चौधरीमाथि भन्सारका प्रमुख अधिकृत किरण विष्टसहितको टोलीले कुटपिट गरेको श्रोतले जनाएको छ ।

बिहेमा जान हतार रहेका चौधरीलाई ७ बजेसम्म भन्सार काट्ने सर्भर नचलेको भन्दै कर्मचारीले अल्झाएपछि उनी गुनासो पोख्न कार्यालय प्रमुखकहाँ पुगेका थिए । बिष्टसंग चर्को स्वरमा गुनासो राखेबापत भन्सार प्रमुखले आफ्ना कर्मचारी कृष्ण कुँवर तथा भन्सार एजेन्ट सहितलाई बोलाई कुटेर प्रहरीसमक्ष बुझाएको कपिलवस्तु जिल्ला अदालतमा म्याद थपका क्रममा पीडित चौधरीले आरोप लगाए ।

“सेवा सुस्त भयो,हतार छ,छिटो गरिदिनुस् भन्दा कुटाई खाएर जेल जानुपर्ने यो कस्तो सरकार ! हामी कस्ता जनता !” उनले दुखेसो पोखे ।

यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सुठौली भन्सार कार्यालयले कार्यालय प्रमुखमाथि दुर्व्यवहार गरेको भन्दै पत्राचार गरेको कारण अभद्र व्यवहारको मुद्धा चलाईएको जनाएको छ ।

प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्र सिंहले आरोपी चौधरीलाई ७ दिनको म्याद थपी अनुसन्धान भइरहेको बताए । श्रोतका अनुसार प्रहरीले अनुसन्धानका लागि सीसी क्यामेरा फुटेज माग्दा फुटेज नभएको तथा क्यामेरा समेत जडान नगरिएको भन्दै कार्यालयले दिएको छैन ।

यसबारे जान्न खोज्दा भन्सार प्रमुख बिष्ट प्रहरीसङ्ग बुझ्नु भन्दै तर्किए ।  अमेरिका बस्दै आएका दिलिप आफन्तको बिहेका लागि १ महिनाअघि मात्र नेपाल आएका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu