अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी फैजल बने नेकपा कपिलवस्तु संयोजक
न्युज सेन्टर नेपाल, कपिलवस्तु –
नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका फैजल खान नेकपा कपिलवस्तुको संयोजकमा चयन भएका छन् ।
आज बसेको नेकपाको बैठकले खानलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको नेकपाका नेता रुद्र बन्जाडेले जानकारी दिनुभयो ।
खान यसअघि समाजवादी धारको राजनीतिमा सक्रिय रहँदै आएका थिए । पछिल्लो समय उनी नेकपामा आबद्ध हुँदै पार्टीको नेतृत्व तहमा पुगेका हुन् ।
खेलकुद क्षेत्रमा आफ्नो पहिचान बनाएका खानले अब राजनीतिक क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्नुभयो ।
क्रिकेट खेलाडीबाट राजनीतिक नेतृत्वमा आएका खानको नेतृत्वलाई कपिलवस्तुको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।